काठमाडौं। सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । मियाँले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रवार बिहान ११ बजेसम्मको समय दिएका थिए ।
तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । भट्टलाई आजै दिउँसो ३ बजे शपथ ग्रहण गराइने छ ।













