Logo
Logo

कांग्रेस इतर समूहको राष्ट्रिय भेला सुरु


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशाङ्क कोइरालाको अध्यक्षतामा  भेला सुरु भएको हो ।

भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा. शशाङ्क कोइराला समूहका नेता९कार्यकर्ताहरूको सहभागिता रहेको छ । भेला मिराकल पार्टी प्यालेस काठमाडौंमा भएको हो ।

भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका उनी उपचारका लागि सिंगापुर गएका थिए । उनी पाँच महिनापछि हिजो नेपाल फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्