काठमाडौं। नेपाली कांग्रेसको इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवा पुगेका छन्। उनी हिजोमात्रै विदेशबाट नेपाल फर्किएका थिए।

जेनजी आन्दोलनका क्रममा भएको आक्रमणबाट घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानमार्फत उपचारका लागि सिंगापुर गएका थिए। पछि, ७ चैत २०८२ मा उनी थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए।
हिजो काठमाडौं फर्किएका देउवा आज आयोजित इतर समूहको राष्ट्रिय भेलामा सहभागी भएका हुन्।
काठमाडौंस्थित ‘मिराकल पार्टी प्यालेस’मा आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा भेला सुरु भएको हो। उक्त भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा. कोइराला समूहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको छ।













