Logo
Logo

जय नेपाल पार्टी दर्ताका लागि धवल शम्शेरले दिए आयोगमा निवेदन


378
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री तथा पूर्वसांसद धवल शम्शेर राणाले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।

शुक्रबार दिउँसो केही नेताहरूसहित निर्वाचन आयोग पुगेर उनले आफ्नो नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन्।

नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ भने चुनाव चिह्न ‘त्रिभुज’ तय गरिएको छ। पार्टीको झण्डा भने सेतो पृष्ठभूमिमा त्रिभुज चिह्न अंकित हुनेछ।

पार्टीमा तत्कालका लागि ७९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरिएको केन्द्रीय सदस्य तथा सचिवालय प्रमुख सगुनसुन्दर लावतीले जानकारी दिए। निर्वाचन आयोगले केही दिनमा दल दर्ताको प्रमाणपत्र उपलब्ध गराउनेछ।

यसअघि, पूर्वमहामन्त्री राणासहित १८३ जना नेताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्याग गरेका थिए।

त्यसपछि उनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान’ सञ्चालन गरिरहेका दुर्गा प्रसाईंसँग मिलेर संयुक्त पार्टी खोल्ने सहमति गरेका थिए। तर, नेतृत्वको विषयमा मतभेद भएपछि प्रसाईं भने आज दल दर्ता प्रक्रियामा सहभागी भएनन्।

प्रतिक्रिया दिनुहोस्