Logo
Logo

सुदूरका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले लिए शपथ


567
Shares

काठमाडौँ ।सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्