Logo
Logo

भारतको ८०औँ स्वतन्त्रता दिवस : प्रधानमन्त्री शाहद्वारा समकक्षी मोदी र भारतीय जनतालाई शुभकामना


441
Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्।

The current image has no alternative text. The file name is: balen-modi-photo_Cc5XChGhrF.jpg

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबिच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता तथा द्विपक्षीय सहयोग आगामी वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी, मित्रवत् भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु। नेपाल र भारतबिचको गहिरो ऐतिहासिक सम्बन्ध, निकट जनस्तरको नाता र सहयोग आगामी दिनहरूमा अझ बलियो बन्दै जाओस्।’

प्रतिक्रिया दिनुहोस्