Logo
Logo

उरन्ठेउला केटाहरूले देशलाई बर्बादीतिर लग्दै छन् : ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुन लागेको बताएका छन् । शनिवार इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उरन्ठेउला केटाहरूका कारण देश बर्बादीतिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

The current image has no alternative text. The file name is: kp-sharma-oli-2.jpg

ओलीले भने, ‘जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू… यसो अहिलेका माननीय भनेका केही नाम यसो सम्झिनुस् त, कस्ता छन् रु ओहो । त्यो भन्दा बढी नभनु । देश बर्बाद हुँदै छ । एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनुछ हामीले ।’

विगतको संसद् भङ्ग गरेर असंवैधानिक सरकारले चुनावको नाटक गरेका कारण यस्तो अवस्था  आएको बताउँदै ओलीले भने, ‘संसद् भङ्ग गरेर एउटा विकृत ढङ्गले, अनधिकृत ढङ्गले असंवैधानिक सरकारले चुनावको नाटक गर्‍यो ।’ 

ओलीले सामाजिक सञ्जालमा एमालेविरुद्धका प्रचारवाजीको विरोध गर्न कार्यकर्तासँग आग्रह गरे । सामाजिक सञ्जालमा आउने गालीबेइज्जतीको डरले नबोल्दा एमालेले हार्नुपरेको पनि उनले टिप्पणी गरे ।

‘दुनियाँमा खुकुरी लिएका भरमा भिक्टोरिया क्रस पाउने हामी, ज्यान फालेर लडेर विश्वव्यापी वीर गोर्खाली बन्ने हामी, अनि फेसबुकमा स्टाटस लेखेर हामीलाई हराउने ?,’ ओलीले भने, ‘अनि फेसबुकको स्टाटसमा छुन नसकेर डिसलाइक पनि गर्न नसक्ने, लाइक पनि गर्न नसक्ने, कमेन्ट पनि गर्न नसक्ने, सेयर पनि गर्न नसक्ने हामी । अनि हार्ने ।’

प्रतिक्रिया दिनुहोस्