Logo
Logo

अमरेश ट्वाँ, कालो चश्मा


0
Shares

२०७४ सालमा पनि दुई जना पाइलटले दुई तिहाइको सरकार उडाइ रहेको हामीले देखेकै हौं । अहिले पनि दुई जना पाइलटले नै दुई तिहाइको जहाज उडाइरहेका छन् । त्यतिबेला ओली–प्रचण्डले जहाज उडाइरहँदा गन्तव्यका बारेमा दुई जना पाइलटबीच ककपिटमै विवाद हुँदा अन्ततः जहाज नै डुब्यो ।

सायद, यस्तै परिस्थिति निर्माण भएर होला, रवि लामिछानेले जहाज बादलभित्र हल्लिए पनि यात्रुहरुलाई नआत्तिन आग्रह गरेको सुन्दा दिक्क लागेर होला बालेनले आफूलाई एक्लो महशुस गर्न थालेका छन्, कसो असिम शाह ज्यू ?

अमरेश ट्वाँ
अचेल बालेनले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिने गरेका छन् भने रविले सार्वजनिक सभा मार्फत । यी दुईको शब्दवाण सुनरे सभामुख डिपी अर्याल हैरान भएका छन् ।

नहुन पनि किन ? संसदमा आउनु भनी जति पटक आग्रह गरे पनि बालेनले टेर्ने होइनन् । बालेन नआए पछि बालेनको रिस सभामुखमाथि पोख्ने नै भए । त्यो पनि आफ्नै सांसदले । त्यही भएर होला, हिजोआज संसदमा प्रतिपक्षले भन्दा चर्को आक्रोश रास्वपाकै सांसदहरुले पोख्न थालेपछि अमरेश सिंह ट्वाँ पर्न थालेका छन् ।

युट्युबे खबर
हरेक पार्टीका सभापति र प्रधानमन्त्रीबीच नियमित भेटघाट हुनु सामान्य कुरा हो, त्यसलाई कसैले पनि समाचार बनाउँदैनन् । जब यो भेटघाट नै असामान्य बन्छ, तब त्यो समाचारको मसला बन्छ ।

यो हप्ता यस्तै भयो, पार्टी सभापति शनिबार लन्च खान बालुवाटार के मात्रै पुगेका थिए, त्यही समाचार बन्यो । वास्तवमा, समाचार त बालुवाटार पुग्नु होइन, त्यहाँ के के कुरा भयो भन्ने विषयमा हुनुपथ्र्यो । तर, कसलाई केको टन्टा कुरा जे सुकै होस् युट्युबेले फलाकी हाँले– रवि र बालेनबीच मारामार । यो कुरा सुनेर जनता जान्न चाहन्छन्का महानायक ऋषि धमला पेट मिचिमिचि हाँसे ।

कालो चश्मा
सेतो छडी बिना प्रायः कालो चश्मामै देखिने हाम्रा प्रधानमन्त्री बालेनको ताल देखेर रास्वपाकै सांसदहरु हैरान भा’छन् । त्यही भएर होला सभामुखले अबदेखि संसद छिर्दा ‘ट्यापे’ टाइपले होइन । संसदको मर्यादा अनुरुप आउनु, कालो चश्मा खोल्नु भनेपछि कालो चश्माधारी देश बनाउन हिँडेका तीन भाई संकटमा परेका छन् ।

कालो चश्मा लगाएरै दुई पटक सांसद छिरेका बालेनले सदनमा छिर्नकै लागि सभामुखले आदेश दिँदैमा किन चश्मा फुकाल्थे ? होइन र सुधन गुरुङ ज्यू ?

प्रतिक्रिया दिनुहोस्