Logo
Logo

जाजरकोटमा पहिरो : एकको मृत्यु, ३ जना बेपत्ता


315
Shares

काठमाडौं। अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका-२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।

The current image has no alternative text. The file name is: pahiro.jpg

मृत्यु हुनेमा स्थानीय केदार कार्की रहेका छन् । पहिरोमा परी गम्भीर घाइते भएका उनलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सहित अन्य एक जना रहेका छन् । घाइते मध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य  २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नं ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं  १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा परेका छन् । अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्