Logo
Logo

जाजरकोटमा पहिरो जोखिम : २०० जनालाई सुरक्षित स्थानमा सारियो


0
Shares

जाजरकोट । अविरल वर्षाका कारण पहिरोको उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०/७० घरपरिवारका २०० जनालाई सुरक्षित स्थानमा सारिएको  छ ।

The current image has no alternative text. The file name is: jajarkot-2.jpg

जोखिममा रहेका स्थानीयवासीलाई रिसाङस्थित त्रिभुवन आधारभुत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ । स्थानीयवासीको उद्धार तथा सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (प्रसनि) प्रेमबहादुर फौजाको कमान्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ । 

पहिरोको जोखिममा रहेका विभिन्न स्थानबाट उद्धार तथा स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन् । यसरी विभिन्न स्थानबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी अस्थायी बासको व्यवस्था गरिएको हो ।

अविरल वर्षा जारी रहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढाइएको छ । जोखिमको अवस्था हेरी थप नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्