Logo
Logo

जसपा नेपालको नयाँ केन्द्रीय समिति गठन, ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष


630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीचको एकतापछि जनता समाजवादी पार्टी, नेपालले नयाँ केन्द्रीय समिति गठन गरेको छ ।

पार्टी विधानको धारा ८७ को उपधारा २ अनुसार गठन गरिएको समितिमा महन्थ ठाकुरलाई संरक्षक र उपेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

पार्टी विधानको धारा १३० अनुसार वरीयताक्रम पछि निर्धारण गरिने भएकाले हाल केन्द्रीय सदस्यहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको पार्टीले जनाएको छ । नयाँ केन्द्रीय समिति २७९ सदस्यीय बनाएको छ जसमा ३३ जना पदाधिकारी रहेका छन् । 

नयाँ केन्द्रीय समितिमा शरत सिंह भण्डारी सहअध्यक्ष र रकम चेम्जोङ वरिष्ठ नेता छन् । उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्र प्रसाद सोनल, निर्जला शर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव छन् ।

महासचिवमा प्रकाश अधिकारी, लालबाबु मण्डल र डा.सुरेन्द्र कुमार झा चयन भएका छन् भने उपमहासचिवमा जयनुल राइन, दिपक कार्की, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी गहतराज छन् ।

त्यस्तै सचिवमा अर्जुन थापा, उमेश यादव, अनिल कुमार सिंह, उपेन्द्र महतो, कमरुद्दीन राई, गिता चौधरी, रामप्रवेश बैठा, लक्पा शेर्पा, शैलेन्द्र प्रसाद साह, सुनि लामा र सुरेश मण्डल चयन भएका छन् । त्यसैगरी, सुनिता कुमारी साहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टीले समायोजनपछि नयाँ संरचनालाई औपचारिक रूपमा अघि बढाउँदै केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्