Logo
Logo

अध्यक्ष हटाउन हस्ताक्षर क्याम्पेन सह्य हुँदैन: ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजक गतिविधि सह्य नहुने बताएका छन् ।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको मिसन जागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र चलिरहेको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन् ।

अध्यक्षले छोड्नुपर्छ भन्ने लागेको भए पार्टी कमिटीमै कुरा राख्न पनि ओलीले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्