Logo
Logo

भाटभटेनीको भक्तपुर शाखा भोलिदेखि २४ सै घण्टा खुल्ने


378
Shares

काठमाडौं । भाटभटेनी सुपरस्टोरको भक्तपुर शाखा भोलिदेखि २४ सै घण्टा खुल्ने भएको छ। भाटभटेनीले आफ्ना आउटलेटहरूलाई अन्तर्राष्ट्रिय मोडलअनुसार चौबीसै घण्टा सञ्चालन गर्ने तयारी स्वरूप भक्तपुरबाट ‘पाइलट प्रोजेक्ट’का रूपमा यसको सुरुवात गर्न लागेको हो।

The current image has no alternative text. The file name is: bhatbhateni.jpg

भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार गत बुधबारदेखि परीक्षण सुरु गरिएको र भोलि (भदौ १ गते) देखि औपचारिक रूपमै स्टोर २४ सै घण्टा खुला रहने निर्णय भएको छ।

अहिलेसम्म बिहान ७:३० देखि राति ९:०० बजेसम्म मात्र खुला रहँदै आएको स्टोर २४ सै घण्टा सञ्चालन हुँदा ग्राहकलाई किनमेलमा ठूलो सहजता पुग्ने विश्वास लिइएको छ।

दिनको समयमा सामान मिलाउने र थप्ने जस्ता व्यवस्थापकीय काम गर्दा ग्राहकलाई पर्ने असविधालाई ध्यानमा राख्दै यस्ता कामहरू अब रातको समयमा गरिने उनले बताए। यसका साथै, रातिको समयमा खटिने कर्मचारीहरूलाई नियमित तलबभन्दा २५ प्रतिशत बढी भत्ता तथा चिया-खाजाको व्यवस्था गरिएको छ।

भाटभटेनी मुलुककै सबैभन्दा ठूलो रिटेल चेन स्टोर हो। गत वर्षको ‘जेन-जी’ आन्दोलनका क्रममा सञ्चालनमा रहेका २८ मध्ये १२ भन्दा बढी स्टोरमा क्षति पुगेको भए पनि अधिकांश शाखाहरू पुनः सञ्चालनमा आइसकेका छन्। दिनको समयमा मात्र स्टोर खुला राख्दा हुने सवारी चाप र ट्राफिक समस्यालाई व्यवस्थित गर्न पनि यो निर्णयले मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्