काठमाडौं । नेपाली कांग्रेसको इतरसमूहको भेलामा नेता पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् ।

समापन समारोहमा उनीहरु दुवै नेता अनुपस्थित रहेका थिए । भेलाको उद्घाटन समारोहमा भने दुवैजना नेता उपस्थित थिए । भेलाले नेता शशांक कोइरालालाई नै महाधिवेशनसँग सम्बन्धित सबै क्रियाकलाप अघि बढाउन जिम्मेवारी दिएको छ ।
पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णयसमेत सो समूहले गरेको छ ।












