Logo
Logo

प्रतिनिधिसभाको बैठक स्थगित


0
Shares

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

The current image has no alternative text. The file name is: parliyament-3.jpg

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

साथै आजको बैठकमा कानुनमन्त्री गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची थियो । यो पनि अर्को बैठकका लागि सर्नेछ ।

प्रतिक्रिया दिनुहोस्