Logo
Logo

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा पेश गरे कालो चस्मा लगाउनुको कारण 


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा पेश गरेका छन्  यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी)ले कालो चस्मा नलगाउन राजनीतिका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई निर्देशन दिएका थिए ।

The current image has no alternative text. The file name is: balen-4.jpg

कालो चस्मा लगाउनुपर्ने अवस्थामा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य हुने स्पष्ट पारेका थिए । सोही निर्देशनअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने प्रमाणित गर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पठाएका हुन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने तय भएको छ । प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि निर्धारण गर्ने व्यवस्था छ । यसैअनुसार सभामुख अर्यालले बुधवारका लागि कार्यक्रम तय गरेका हुन् ।

सभामुखले भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका छन् । यो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा कालो चस्मा लगाउनुपर्ने अवस्थाको स्वास्थ्य रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्