Logo
Logo

रसुवा बाढीले ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा ठूलो क्षति


0
Shares

काठमाडौँ। तिब्बत क्षेत्रबाट रसुवा हुँदै आएको भीषण बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएको ऊर्जा मन्त्रालयको प्रारम्भिक अनुमान छ। यस बाढीबाट निर्माणाधीन र सञ्चालनमा रहेका दुवै प्रकारका आयोजनाहरू प्रभावित भएका छन्।

प्रारम्भिक आकलन अनुसार प्रभावित जलविद्युत् आयोजनाका विद्युत्‌गृह (पावरहाउस) र सबस्टेसनहरू ध्वस्त भएका छन्। मन्त्रालयका अनुसार रसुवागढी (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली ३ ए (६० मेगावाट), त्रिशूली ३ बी (३७ मेगावाट), मैलुङ (१४ मेगावाट) र त्रिशूली-बेनीघाट (३५ मेगावाट) आयोजनाहरूमा क्षति पुगेको छ।

यसैगरी, बाढीले ५७ मेगावाटका माथिल्लो (अप्पर) साञ्जेन र साञ्जेन जलविद्युत् आयोजनामा समेत गम्भीर क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्