Logo
Logo

मानवीय क्षति न्यूनीकरणका लागि एकजुट हुन सभामुखको आह्वान


0
Shares

काठमाडौं । तिब्बती क्षेत्र हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको खबरप्रति सभामुख डीपी अर्यालले चासो व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: Savamukh-DP-Aryal.jpg

सभामुख अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेका हुन् । 

‘तल्लो तटीय क्षेत्रमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन हार्दिक आग्रह गर्दछु,’ उनले भनेका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिन उनले तीनवटै तहका सरकारलाई आह्वान गरेका छन् । सभामुख अर्यालले थपे, ‘प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक सहयोगका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहलाई आग्रह गर्दछु ।’

कठिन परिस्थितिमा सबैको समन्वय र सतर्कताबाट मानवीय क्षति घटाउन सकिने उल्लेख गर्दै अर्यालले प्रभावितको उद्धारलाई पहिलो प्राथमिकतामा राख्न जोड दिएका छन् । उनले भनेका छन्, ‘कठिन परिस्थितिमा सबैको समन्वय, सतर्कता र सहयोगबाट सम्भावित मानवीय क्षति न्यूनीकरण गर्न सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस्