Logo
Logo

रसुवा बाढी : लोड भएका २ सय कन्टेनर भन्सार यार्डबाटै बगे


0
Shares

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा यार्डमा रहेका सयौँ कन्टेनर बगेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले जनाएको छ । 

The current image has no alternative text. The file name is: rasuwa-1.jpg

सङ्घका सचिव आङदोर्जे शेर्पाले दिएको प्रारम्भिक जानकारी अनुसार यार्डमा रहेका दुई सय कन्टेनर बाढीले बगाएको हो । 

त्यसैगरी चीनतर्फ सामान लिन जाँदै गरेका ३ सयजति लस्करै कन्टेनर पनि बाढीमा परेका छन् । सयमा १० प्रतिशतजति मात्रै बाँकी रहेको हुनसक्ने उनले बताएका छन् । 

उनले अहिले एउटा हेलिकप्टर आइपुगेर ७/८ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइएको जानकारी आफूले पाएको बताए । अहिले भन्सार कार्यालय रहेको टिमुरे क्षेत्रमा बाढी केही साम्य भएको छ भने टेलिफोनहरु सुचारु हुनथालेका छन् । 

सङ्घका अध्यक्ष रामहरि कार्कीले पनि सयौँ कन्टेनर र ठूलो सङ्ख्यामा मानिसहरू बाढीमा परेको बताए । एक्कासि बाढी आउँदा ठूलो जनधन क्षति भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्