Logo
Logo

भोटेकोशी बाढीले नुवाकोटमा कहाँ-कहाँ क्षति पुर्‍यायो ?


0
Shares

काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिकामा ठूलो भौतिक क्षति पु¥याएको छ । बाढीका कारण नगरपालिकाका विभिन्न वडाका तटीय क्षेत्रहरू उच्च जोखिममा पर्नुका साथै भर्खरै निर्माण सम्पन्न भएका दुईवटा पक्की पुलसहित कैयौँ घरहरू बगाएको छ ।

विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार बाढीले विशेष गरी वडा नम्बर ४ को सिमचौर क्षेत्रमा ठुलो विनाश निम्त्याएको छ । उक्त क्षेत्रमा एक–दुई वर्ष अघि मात्रै शिलान्यास गरी निर्माण गरिएका दुईवटा पक्की पुल बाढीले बगाएको छ । बाढी बजार क्षेत्र र बस्तीमा पसेपछि त्यहाँ रहेका घरहरू, बैंक तथा अन्य भौतिक संरचनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।

बाढीको प्रभाव नगरपालिकाका विभिन्न वडाहरूमा फैलिएको छ । उपमेयर बोगटीले दिएको जानकारी अनुसार वडा नम्बर ७ को सोले बजार, चतेपानी र अकरे, वडा नम्बर १० को बेत्रावती बजार, वडा नम्बर १ को त्रिशूली, ढुङ्गे र इनारपाटी क्षेत्र बाढीबाट नराम्ररी प्रभावित भएका छन् ।

यस्तै, वडा नम्बर ५ को देवीघाट र तल्लो क्षेत्रमा रहेको तिरखानीमा समेत बाढीले ठुलो नोक्सानी पु¥याएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताइन् । बाढीले भौतिक संरचनामा अपूरणीय क्षति पु¥याए पनि हालसम्म मानवीय क्षतिको भने कुनै आधिकारिक पुष्टि नभएको उपमेयर बोगटीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्