
काठमाडौं । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ ।
विपद् परिषद्को आपत्कालीन बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको बताए ।
उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ । उनले थप निर्णय मन्त्रिपरिषद् बैठकबाट हुने बताए ।














