Logo
Logo

रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर स्थगित


0
Shares

काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा तय भएको कार्यक्रम मुलुकका विभिन्न जिल्लामा बाढीले पु¥याएको क्षतिका कारण स्थगित गरिएको हो ।

तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा ठुलो क्षति पु¥याएपछि प्रधानमन्त्री वालेन शाह विपद्पछिको खोज, उद्धार र राहतका विषयमा विभिन्न संयन्त्रसँगको छलफलमा व्यस्त छन् । विपद्को संवेदनशील समयमा अन्य विषयमा छलफल नगर्ने गरी प्रश्नोत्तर कार्यक्रम स्थगित गर्न लागिएको जानकारी संघीय संसद् सचिवालय स्रोतले दियो ।

प्रश्नोत्तर कार्यक्रम स्थगित भए पनि संसद्मा विपद्को विषयमा भने छलफल हुनेछ । बैठकमा गृहमन्त्री सुधन गुरुङले रसुवाको बाढी र त्यसले निम्त्याएको क्षतिका बारेमा संसद्लाई आधिकारिक जानकारी गराउने तयारी छ । बाढी र विपद्को अवस्थालाई ध्यानमा राख्दै आजका अन्य सम्भावित कार्यसूचीहरू समेत हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्