Logo
Logo

क्षणभरमै घरबारविहीन बने राप्रपाका नुवाकोट अध्यक्ष


0
Shares

काठमाडौं । नुवाकोट जिल्लाका राप्रपा अध्यक्ष कुलबहादुर खड्गीको घर बाढीले बगाएको छ । नुवाकोटको विदुर नगरपालिका १ स्थित पुरानो पुलको ठ्याक्कै अगाडि रहेको खड्गीको चार तले घर आज बिहान करिब ९ बजे पसेको बाढीले बगाएको हो । बाढीले उनको घरसँगै बस्ती नै सोत्तर बनाइदियो छ ।

खड्गीले अहिले आफ्नो परिवारसहित बस्तीका मानिसहरु बजारभन्दा २ सय मिटरमाथिको डाँडामा उक्लिएर उद्धारको पर्खाइमा रहेको बताए । खड्गीका अनुसार त्यहाँ अहिले ४० जना जति स्थानीय छन् ।

बाढीको सूचना ढिला आउँदा सतर्कता अपनाउन नपाएको उनको भनाइ छ । चार तल्ले पक्की घर क्षणभरमै बाढिले बगाएपछी उनी घरवारविहीन बनेका छन् । अब कहाँ जाने, के खाने कुनै ठेगान नभएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्