Logo
Logo

भोटेकोशी बाढी : मृतक संख्या १६२ पुग्यो


0
Shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले बिहीबार बिहान ५:०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको हो ।

The current image has no alternative text. The file name is: badhi-1.jpg

प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २०, चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ ।

प्रहरीका अनुसार बाढीमा परी ४१ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै, बाढी प्रभावित क्षेत्रमा प्रहरीले खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्