Logo
Logo

बाढीमा ५ जापानी नागरिक बेपत्ताको खबरले चिन्तित छु : जापानी प्रधानमन्त्री


0
Shares

काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढी र त्यसले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । बाढीमा परी पाँच जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई अत्यन्त चिन्तित बनाएको उनले बताएकी छन् ।

The current image has no alternative text. The file name is: japan-1.jpg

सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीले नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेकी छन् । उनले लेखेकी छन्, “स्थानीय सञ्चारमाध्यमले पाँच जना जापानी नागरिक बेपत्ता भएको खबर सम्प्रेषण गरेका छन्, जसले मलाई गहिरो चिन्तामा पारेको छ ।” नेपालस्थित जापानी दूतावासले ती पाँच नागरिकसँग सम्पर्क गर्न निरन्तर प्रयास गरे पनि सफल हुन नसकेको र खोजी कार्यमा सहयोगका लागि अनुरोध गरेको उनले जानकारी दिएकी छन् ।

“जापानको समयअनुसार बिहान ३:३० बजेसम्म मलाई त्यहाँको सञ्चार अवस्थाबारे पूर्ण जानकारी छैन । तर यदि त्यस क्षेत्रमा एक्समा यो पोस्ट देख्ने कसैलाई उनीहरूको सुरक्षा वा अवस्थाबारे जानकारी छ भने, कृपया नेपालस्थित जापानी दूतावासलाई खबर गरिदिनुहोला,” उनले अपिल गरेकी छन् । उनले दूतावासमा सम्पर्क गर्नका लागि+९७७-१-४५२६-६८०  नम्बर पनि उपलब्ध गराएकी छन्।आफ्नो सन्देशमा ताकाइचीले आफ्ना नागरिक, नेपाली जनता र नेपालमा रहेका सबै विदेशी नागरिकहरूको सुरक्षाको कामना गर्दै सबैको अमूल्य जीवनको रक्षा होस् भनी प्रार्थना गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्