Logo
Logo

प्रधानमन्त्री बालेन पुगे बाढी प्रभावित नुवाकोटको विदुर


0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन शाह नुवाकोटको विदुर पुगेका छन् । बुधबार भोटेकोसीमा आएको बाढीबाट भएको क्षति, बेपत्ताको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन शाह सडक मार्ग हुँदै बिहीबार दिउँसो नुवाकोटको विदुर पुगेका हुन् ।

प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नम्बर १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बसेका छन् ।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि सहभागी छन्।

उनीहरूलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्