Logo
Logo

एक्स्ट्रिम इनर्जी ड्रिंक्सद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग घोषणा


0
Shares

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

विपद्का कारण प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी र गैरसरकारी निकायको योगदानप्रति कम्पनीले उच्च सम्मान व्यक्त गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई आफ्नो महत्वपूर्ण प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको जनाएको छ । राष्ट्रलाई आवश्यक परेको हरेक कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको उल्लेख गर्दै कम्पनीले आगामी दिनमा पनि देश तथा नागरिकको हितमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्