Logo
Logo

भोटेकोशी बाढीबाट चीनका तीन जनाको मृत्यु, ५५८ बेपत्ता


0
Shares

काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् ।

स्थानीय अधिकारीहरूले बिहीवार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ । जिरोङ (केरुङ) काउन्टीस्थित सीमा नाकामा बुधवार बिहान भूक्पपछि पहिरो गएको हो ।

आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट शुरु भई सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो । बिहीवार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीले घटनाबारे जानकारी दिँदै बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताएका छन् । सिजाङको जिरोङ काउन्टी नेपालसँगको व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण नाका मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्