
काठमाडौं । कुमारी बैंकले ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले उक्त रकम सहयोग गरेको हो ।
बैंकले विपद् प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन करिब ३९ लाख बराबरको ५ वटा अत्याधुनिक एआई जडित निगरानी ड्रोन, ३ वटा केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको छ ।
हालैको विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन्, प्रभावित परिवारहरूलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरेको छ ।
कुमारी बैंकले विपद्को यस कठिन घडीमा सम्बन्धित निकायहरूलाई राहत, उद्धार तथा पुनस्र्थापना कार्यलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह ग समेत गरेको छ ।















