Logo
Logo

पेसागत महासङ्घ नेपालका पूर्व अध्यक्ष प्रा. हर्ष नारायण धौभडेलको निधनमा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न 


0
Shares

काठमाडौं । पेसागत महासङ्घ नेपालका पूर्व  अध्यक्ष तथा भारत र भूटानका लागि पूर्व राजदूत प्रा.हर्ष नारायण धौभडेलको निधनमा १३ औँ दिनको पुन्य तिथिमा भदौ ११ गते  महासङ्घको आयोजनामा शोक तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

The current image has no alternative text. The file name is: news.jpg

कार्यक्रममा  स्वर्गीय धौभडेल तथा आएको बाढी पहिरोमा ज्यान गुमाएका जनहरुको सम्झनामा १ मिनेट मौन धारण तथा स्वर्गीय धौभडेलको तस्बिरमा सहभागी सबैबाट फुल गुच्छाले श्रद्धाञ्जली व्यक्त गरिएको थियो । परिवारसहति क्यानाडामा रहेका समयमा प्रा.धौभडेलको २०८३ श्रावण ३० गते निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा प्रतिनिधि सभा सांसद तथा पूर्व राजदूत प्रमेशकुमार हमाल , रुसका लागि पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ , भारतका लागि पूर्व राजदूत प्रा.लोक राज बराल, त्रिभुवन विश्व विधालयका पूर्व उपकुलपति प्रा. कमलकृष्ण जोशी, वरिष्ठ पत्रकार शम्भु  श्रेष्ठ , महासङ्घका पूर्व अध्यक्षहरू विश्वनाथ प्याकुरेल र प्रमोद शर्मा , सल्लाहकार लेखनाथ गुरागाईँ र परिवारजनको तर्फबाट भतिज राजेश धौभडेको सहभागिता रहेको थियो । राजेश धौभडेलले स्वर्गीय धौभडेलले मुलुकको लोकतान्त्रिक एवं मानवअधिकारको आन्दोलन, पेसागत आन्दोलन र शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको विविध पक्षबाट चर्चा गर्दै धौभडेलबाट सिक्नुपर्ने विषयमा उल्लेख गरेका थिए । 

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले प्रा.धौभडेलको शैक्षिक ,लोकतान्त्रिक, मानवअधिकार र कूटनैतिक क्षेत्रमा पुर्‍याएको योगदानका साथै मुलुकको पेसागत आन्दोलनमा पुर्‍याएको योगदानबारेमा विस्तृत रूपमा विवरण प्रस्तुत गर्नुभएको थियो । साथै अध्यक्ष खनालले प्रा.धौभडेलले विसं २०२१ सालमा लेख्नुभएको कविता वाचन पनि गर्नु भएको थियो ।  वासुदेव अधिकारीले पनि कविता वाचन गरेको उक्त कार्यक्रमको संचालन महासचिव राजन रेग्मीले गर्नु भएको थियो ।

यहाँ प्रा.धौभडेलबाट लेखिएको कविता उल्लेख गरिएको छ ।

कविता शीर्षक : किन ?

कवि : हर्ष नारायण धौभडेल

यो देश बनाउन सजिलो जति म सम्झन्छु
यो देश बनाउन गाहारो उति मलाई लाग्छ ? 
किन ?

हामी नेपाली एउटा यस्तो चरित्रको
 पुर्ख्यौली  लिएर गुम्सिएकाछौं 
कि बाहिर बाहिर हामी बहादुर छौँ
सिर्फ  अरूहरुको इशारामा कुद्न 

भित्र भित्र  हामी कातर छौँ
खान्छौं आफैले आफैलाई 
 बाली सप्रेको बेलामा पनि।

अब त  धिक्कार्न    मन लाग्छ 
 यो संस्कार र पुख्यौली सम्पत्तिलाई 
छि ! अब  त धिन पनि लागि सक्यो ।
एउटा बम पडकाउनु परेको छ । 
 आफूभित्रका कसिंगरको संहार गर्नलाई ।

प्रस्तुत कविता हाल क्यानाडा निवासी डाक्टर नारायण पोख्रेलले नेपाल टच अनलाइनमा आफ्नो लेख मार्फत उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्