Logo
Logo

हाइड्रोको सुरुङ भित्र फसेका २ जनाको सेनाद्वारा सकुशल उद्धार


0
Shares

काठमाडौं । रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ ।

The current image has no alternative text. The file name is: nepali-cena-1.jpg

जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ ।

सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी रहेको छ । उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ ।

​टनेलको अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्