Logo
Logo

चीनतर्फको ताल फुट्यो, नागरिकलाई सुरक्षित रहन सर्कुलर


0
Shares

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

The current image has no alternative text. The file name is: bhotekoshi-2.jpg

परियारले  थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको र नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको जानकारी गराएका हुन् । 

तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशीरत्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो ।  तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो ।

सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो । पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिसकेको छ ।

अलजजिराले चिनियाँ राज्य सञ्चालित प्रसारकहरूलाई उद्धृत गर्दै चीन सरकारले उद्धार टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा हट्न आदेश दिइएको छ । विनाशकारी पहिरोपछि तिब्बत क्षेत्रका अझै सयौँ मानिस बेपत्ता छन् ।

चीन९नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्