
काठमाडौं । रसुवा बाढीपछि कैलाश मानसरोवर यात्रामा गएका ६४४ जना सम्पर्कविहीन भएका छन् । बुधबार तीब्बततर्फबाट भोटेकोशीमा एक्कासी बाढी आएपछि १२७ नेपालीसहित ६४४ जना सम्पर्कविहीन भएका हुन् ।
सबैभन्दा बढी भारतीय नागरिक १७८ जना बेपत्ता छन् । जी इन्टरटेन इन्टरप्राइजेजका पूर्वसीईओ अतुल दास, उनकी पत्नी पायल दाससहित ऋचा टुर्स एण्ड ट्राभल्समार्फत गएका ६८ जना हराइरहेका छन् ।
बालुवाटारस्थित उक्त ट्राभल्सका समीर गाइजुका अनुसार त्यहाँबाट गएका ६१ जना भारतीय र ७ जना एनआरआई र १८ जना ट्रेक्सका कर्मचारी सम्पर्कविहीन छन् ।
याङ्गिला होटल एण्ड लजमा बसेका उनीहरू बुधबार बिहान ८ बजेसम्म टिमुरेबाट सम्पर्कमा रहेको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताइएको छ । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति गरेको छ ।















