
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखेरेलले भोटेकोशी बाढीका सम्बन्धमा सरकारले चीनसँग निरन्तर संवाद गरिरहेको बताएका छन् ।
आज बसेको मन्त्रीपरिषद बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पोखरेलले तत्काल ठूलो संकटको अवस्था नरहेको सूचना चीनबाट आएको प्रष्ट्याए । तिब्बतमा निर्मित कृतिम ताल फुटिनसकेको उनको भनाई छ ।
उनले भने, ‘फुटिसकेको भन्ने होइन । ग्ल्यासियरहरु सानो सानो फुटेको र ओभर फ्लो भएर पानीको लेदो आएको भन्ने छ । अहिले ठूलो जोखिम नभए पनि सतर्क रहन भनिएको छ ।’















