
काठमाडौं । भोटेकोशी बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ ।
काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालनमा ल्याइएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । बुधबार बिहान भोटेकोशीमा एक्कासी आएको बाढीले नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो । तर, वैकल्पिक रुट खुलाइएसँगै रसुवा सडक सञ्जालमा जोडिएको हो ।















