Logo
Logo

सुरुङको मुख खोल्न विस्फोटक पदार्थको प्रयोग


1k
Shares

काठमाडौं । त्रिशूली-३ ‘ए’ को सुरुङ खुलाउन विस्फोटक पदार्थको प्रयोग गरिएको छ ।  जलविद्युत् आयोजनाको माथिपट्टि रहेको ढुङ्गा तथा चटान फुटाउन उद्धारमा खटिएको टोलीले विस्फोटक पदार्थ प्रयोग गरेको हो ।

The current image has no alternative text. The file name is: tirsuli.jpg

भित्र फसेका मानिसको सुरक्षालाई ख्यालमा राख्दै विस्फोटक पदार्थ प्रयोग गरिएको हो ।  सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिन शुक्रवार रातिदेखि नै नेपाली सेनाका ६२, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली खटिएको छ ।

उद्धार सहायताका लागि आएको भारतीय टोली पनि हाल सोही क्षेत्रमा खटिएको छ । माथिल्लो त्रिशूली–३ ‘ए’ मा भोटेकोसी बाढीमा परेर ४२ जना सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्