काठमाडौं । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ ।परेवाटार-नेपालटार-गजुरीटार-पिपलटार-आदमटार-बेलिनटार-केउरिनीटार हुँदै मास्टार(ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको हो । योसँगै धादिङ सदरमुकाम धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ ।

गत बुधवार रसुवाको भोटेकोशीमा आएको बाढीले धादिङबेसी जाने त्रिशूलीमाथिको पुल बगाउँदा सदरमुकामसँगको सडक सम्पर्क टुटेको थियो ।















