Logo
Logo

सरकारले पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग माग्ने


504
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विपद्बाट भएको ठूलो क्षतिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था रहेको बताएका छन् । यसका लागि दाता सम्मेलन गर्नेसम्मको संकेत पनि उनले दिएका छन् । 

The current image has no alternative text. The file name is: sisir-khanal.jpg

परराष्ट्र मन्त्रालयको शनिवारको प्रेस ब्रिफिङमा मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक क्षति पुगेकाले अहिले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको जानकारी दिए । मूल्याङ्कन पूरा भएपछि पुनर्निर्माणका लागि आवश्यक योजना र सहयोगको खाका तयार गरिने उनको भनाइ छ ।

विपद्पछि उद्धार तथा राहतका लागि छिमेकी मुलुकसहित विभिन्न देशबाट सहयोग प्राप्त भइरहेको छ । भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री आएको छ भने चीन, जापान, अष्ट्रेलियालगायतका मुलुकबाट पनि अत्यावश्यक सामग्री आइरहेको खनालले बताए । उनले विदेशी समकक्षीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको जानकारी दिँदै भारतीय विदेशमन्त्री एस। जयशंकरसँग कुराकानी भइसकेको र चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि कुराकानी गर्ने तयारी भइरहेको उल्लेख गरे ।
 नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने समाचारहरू पूर्ण रूपमा निराधार र झुटा भएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्