Logo
Logo

सुरुङमा फसेकाको उद्धारमा खटियो चिनियाँ विज्ञ टोली


882
Shares

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका चिनियाँ विज्ञ टोली खटिएको छ । 

The current image has no alternative text. The file name is: chaines.jpg

प्रधानमन्त्री कार्यालयका अनुसार ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको हो । अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा प्राविधिकरूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ ।

संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ । प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ुस्ट्यान्डबाईु अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्