Logo
Logo

रसुवा बाढी : ६६९ जनाको शव फेला


315
Shares

काठमाडौं । शनिवार दिउँसो ४ बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका ६६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ६६९ जनाको शव भेटिएको हो ।

The current image has no alternative text. The file name is: badhi-1.jpg

उक्त सूचना अनुसार सबैभन्दा बढी २४८ शव चितवनमा फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेका छन् ।

हालसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । यस्तै, हराउने प्रहरीको सङ्ख्या २७ रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्