Logo
Logo

दुई दिनसम्म माटोमुनि पुरिएकी बालिकाको जीवितै उद्धार


0
Shares

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका-२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (एपीएफ) को उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकाको जीवितै उद्धार गरेको छ । 

The current image has no alternative text. The file name is: uddare.jpg

बाढी-पहिरोका कारण टिमुरे क्षेत्रमा ठुलो क्षति पुगेपछि उद्धार तथा खोजी कार्यमा खटिएको एपीएफको टोलीले बालिकालाई माटोमुनि पुरिएको अवस्थामा फेला पारेको हो । 

उद्धार टोलीले बालिकालाई तत्काल माटोबाट बाहिर निकालेर उपचारका लागि अस्पताल पठाएको छ ।  घटनापछि टिमुरे क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्