काठमाडौं। नेपाली काँग्रेसको इतर समूहले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै सो समूहले भदौ १७ गते केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बोलाएको हो ।

बैठक सो समूहको सम्पर्क कार्यालय चुनदेवीमा बस्ने भएको छ । बैठकमा १५ औँ महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
















