Logo
Logo

नेपाल-चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर


693
Shares

काठमाडौं । चिनियाँ सञ्चार माध्यमले नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको जानकारी दिएको छ ।

चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनका अनुसार पहिरोले थुनिएर बनेको तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो । यो एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको सीजीटीएनले उल्लेख गरेको छ ।

यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकलाई २ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्