Logo
Logo

आर्या फार्मा ल्याबद्वारा बाढी प्रभावितका लागि ८२ लाख बढीको औषधि सहयोग


126
Shares

काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्मा ल्याब प्रालिले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यको औषधि सहयोग गरेको छ ।

कम्पनीका अनुसार बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउन ८२ लाख ५१ हजार ७५० मूल्य बराबरका आवश्यक औषधि उपलब्ध गराइएको हो ।

विपद्का कारण स्वास्थ्य सेवा प्रभावित भएका क्षेत्रमा आवश्यक औषधिको अभाव हुन नदिन कम्पनीले सहयोग गरेको जनाएको छ । स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत औषधि प्रभावित समुदायसम्म पु¥याइने बताइएको छ ।

आर्या फार्मा ल्याबले प्रभावित नागरिकको उपचारमा थप सहयोग आवश्यक परे आवश्यक स्वास्थ्य उपकरण तथा औषधि सहयोगस्वरूप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिक तथा परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको सहयोगले उद्धार, राहत तथा पुनःस्थापनाका काममा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

आर्या फार्मा ल्याबले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा पनि स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्