
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ ।
विपद् प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार र समन्वयमा कठिनाइ भएपछि सूचना प्रवाहलाई सहज र निरन्तर राख्न ती स्याटेलाइट फोन उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार उपलब्ध गराइएका स्याटेलाइट फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा तत्काल प्रयोग हुने गरी पठाइएको छ ।
बाढीपहिरोले स्थलगत सञ्चार पूर्वाधारमा क्षति पुगेको संवेदनशील भूगोलमा स्याटेलाइट फोनको प्रयोगले खोज तथा उद्धार टोलीबीचको समन्वय र वस्तुस्थिति सम्प्रेषणलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।















