Logo
Logo

रसुवागढी हाइड्रोको सुरुङमा कोही भेटिएनन्, धुन्चे फर्कियो उद्धार टोली


378
Shares

काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि सैनिक नेतृत्वको उद्धार टोली रसुवा फर्किएको छ ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकामा नेपाली सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो । प्रधानमन्त्रीको कार्यालयका अनुसार उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति भेटिएन ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्