
काठमाडौं । नेपाली कांग्रेसले संसद् बैठक तत्काल बोलाउन माग गरेको छ । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले विपद्का बेला भएका सरकारी र गैरसरकारी कामकारबाहीबारे जनतालाई जानकारी दिन संसद् बैठक तत्काल बोलाउन माग गरेको हो ।
यस्तै, बाढीमा बेपत्ताका घटना र समाधानका उपाय पहिल्याउन संसद् सञ्चालन आवश्यक रहेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् । यस्तै, कांग्रेसका सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।














