Logo
Logo

राप्ती गाउँपालिका प्रमुख, सडक र वन अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर


0
Shares

काठमाडौं । सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवाल, डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्ड अन्तर्गत रहेका २ हजार ७२४ थान रुख कटान गरि मिलेमतोमा ४० हजार ५५५ घनफिट काठको कुल जम्मा रू.८१ लाख ३७ हजार नौ सय रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

आयोगले आज सडक र वन अधिकृत, पालिका अध्यक्ष, दुई जना वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार पूर्व पश्चिम राजमार्गको भालुवाङ्ग लमही सडक खण्डको चे.६९०+००० पाखापानी देखि चे.७१२+००० लमही खण्डमा सडक क्षेत्राधिकार भित्रका सिसौ लगायत अन्य जातका काठ, ठूला, मझौला र सानासमेत गरी करिव १४०० भन्दा बढी संख्यामा रूखहरू कटानी भएको विवरण डिभिजन सडक दाङ्गबाट पेस भएको छ ।

वन जंगल तथा बोटबिरूवाको संरक्षण सम्बद्र्धन र उपयोगमा जिल्ला स्थित डिभिजन वन कार्यालयहरूले नियामक र नेतृत्वदायी दुवै भूमिका खेल्नुपर्नेमा सडक विभागको स्वामित्वमा रहेको पूर्व पश्चिम राजमार्गको सडक सीमा २५/२५ मिटर भित्रका यस्ता जोखिमयुक्त रूखहरू हटाउन विभागीय प्रक्रिया चलिरहेको साथै लुम्विनी प्रदेशको स्थायी राजधानी दाङ्ग देउखुरी राप्ती उपत्यकामा सार्न मिति तोकिएको अवस्थामा २०७९ मंसिरको अन्तिम हप्ता र पौषको पहिलो हप्तामा जिल्लास्थित वन पदाधिकारीहरूको संलग्नतामै रूखहरू कटान गरी काठहरू गायब पारी सरकारी सम्पत्तिको हिनामिना गरेको भन्नेसमेत बेहोराको उजुरी अख्तियारमा प्राप्त भएको जनाएको छ ।

सो सम्बन्धमा अनुसन्धान हुँदा सडक डिभिजन कार्यालय दाङ्गका कार्यालय प्रमुख राम पुकार जयसवालसमेतको मिलेमतोमा जिल्ला दाङ्ग, राप्ती गाउँपालिका वडा नं.१ पाखापानीदेखि लमही नगरपालिका–४ अर्नहवा सम्मको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ दुवै किनारको सडक क्षेत्राधिकार भित्र काटिएका सिमल, सिसौ लगायत विभिन्न जातका रूख थान २७२४ कटान भएको देखिन्छ ।

प्रतिवादीहरूको एक आपसको मिलेमतोमा वदनियत गरी सूचना प्रकाशन गर्ने गराउने कार्य गरे गराएको देखिएको, पालिका र उक्त वडा कार्यालयले सूचना बमोजिमको कार्य गर्न संयन्त्र बनाई उक्त कार्य गर्नु गराउनु पर्नेमा बदनियतपूर्वक सरकारी सम्पत्ति संक्षण गर्ने कार्य गरे गराएको नदेखिएको, डिभिजन वन कार्यालय दाङ्ग (देउखुरी) ले आफ्नो क्षेत्राधिकार भित्र राप्ती गाउँपालिका र लमही नगरपालिका अन्तर्गत रहेका रूखहरू अनधिकृत रूपमा कटान हुँदा तत्कालै नियन्त्रणमा लिन सकिनेमा जानी बुझी वदनियतपूर्वक बेमतलव गरेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्