Logo
Logo

रवि र बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएकाे हाे ।

​भेटमा रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार ​भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा छलफल भएको थियो ।

​प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्