
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीपछि ५०१ जना यातायात मजदुर सम्पर्कविहीन भएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ५४४ वटा मालबाहक तथा सार्वजनिक सवारी क्षतिग्रस्त भएको र करिब ५०१ जना मजदुर सम्पर्कविहीन भएको प्रारम्भिक तथ्यांक निकालेको हो । संगठनका अध्यक्ष भीमज्वाला राईले अहिलेसम्म १ जनाको मृत्यु पुष्टि भएको र १७ जना श्रमिक सम्पर्कमा आएको जानकारी दिए ।
यो संख्या अझै बढ्न सक्ने अवस्था रहेको उल्लेख गर्दै उनले सम्पर्कविहीन श्रमिकको खोजी, प्रभावित परिवारलाई तत्काल राहत, क्षति तथा प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन, दीर्घकालीन पुनःस्थापनालगायतको विषयमा जोड दिएका छन् ।















